असोज ७, पाँचथर । पाँचथरको एक विद्यालयले पोशाकको रुपमा विद्यार्थी र शिक्षक, शिक्षिकाहरुलाई दौरा सुरुवाल र गुनियो चोली अनिवार्य गराएको छ ।
कला सँस्कृतिलाई जोगाउनको लागी पाँचथरको श्री दीप ज्योति प्रा.वि विद्यालयले पोशाकको रुपमा विद्यार्थी र त्यहाँ कार्यरत शिक्षक, शिक्षिकाहरुलाई दौरा सुरुवाल र गुनियो चोली अनिवार्य गराएको हो ।
आइतबार सोमाबार र मंगलबार गरी हप्तामा तिन दिन यो पोशाक लगाउने गरिन्छ भने अन्य दिन अरु स्कुल पोशाक लागाइन्छ । विद्यालयले यो पोशाकलाई निरन्तरता दिनको लागी पचास हजार जम्मा गरेर अक्षय कोष पनि खडा गरेको प्रधानाध्यापक सुनिल वान्तावाले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्