राजनीति

कांग्रेस नेता र अनसनमा बसेका नेविसंघबीच झडप



काठमाडौं, १० फागुन । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टीका नेता र अनसनमा बसेका नेविसंघ कार्यकर्ता बीच झडप भएको छ ।

महामन्त्री विमलेन्द्र निधी र सहमहामन्त्री प्रकाशशरण महतले अनसनमा बसेका नेविसंघका कार्यकर्तालाई हातपात गरेको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

नेविसंघको विधानमा रहेको ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा देशभरको स्ववियू सभापति ईकाई अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने प्रावधान राख्न माग गर्दै नेविसंघका कार्यकर्ताहरु अनसन बसेका छन ।

उनिहरुलाई कांग्रेस नेताले लछारपछार गर्न खोजेपछि हात हालाहाल भएपछि आक्रोशित बनेका विद्यार्थीको समूहले नाराबाजी गरिरहेकै स्थानमा पुगी नेता विमलेन्द्र निधिले हात हालेको निर्वतमान केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिएका छन ।