जुम्ला, २४ बैशाख । जुम्लाको चन्दननाथ नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाले यसको सट्टा ‘फ्याब्रिक झोला’ प्रयोग गर्न नगरवासीलाई आग्रह गर्दै जुम्ला उद्योग वाणिज्य संघलाई ‘फ्याब्रिक’ झोला हस्तान्तरण गरेको छ ।
प्लास्टिक नकुहिने, माटोको गुणस्तर घटाउने, प्रदूषण बढाउने र मानव स्वास्थ्यमा असर पार्ने भएकाले रोक लगाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वाणिज्य संघलाई हस्तान्तरण गरेको झोला ६० प्रतिशत अनुदानमा व्यापारीलाई बिक्री गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्