Banner News

सरकारको नीति तथा कार्यक्रममा कुनै अन्यौलता छैन : प्रधानमन्त्री ओली



काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै अन्यौलता नभएको बताएका छन ।

मंगलबार संसदमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपना मात्रै नदेखेको भन्दै पुरा गर्ने संकल्प नै बोकेको बताउदै नीति तथा कार्यक्रममा कुनै अन्यौलता नरहेको बताएका छन् ।

उनले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम खास लक्ष्य र उदेश्यका आधारमा ल्याएको हो । राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमानका विषयलाई अत्यन्त महत्वका साथ नीत ताथा कार्यत्रक्रममा समेटिएको छ । शिक्षा, स्वास्थ्य सुशासन, दिगो शान्ति, छिमेक सम्बन्धलगायतका परिवर्तनको अनुभूत गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।’

मानवीय मर्यादा र गरिमाको समेत ख्याल राख्दै संविधान कार्यन्वयन गर्ने उदेश्य नीति तथा कार्यक्रम ल्याएको बताउदै उनले भने, क्षेत्रीय साम्प्रदायिकता मात्रै होइन, सामाजिक न्याय र समानताका अधारमा नीति तथा कायृक्र आएको छ । शान्ति, स्थिरता र स्थायित्वलाई कार्यक्रमले समेटेको छ । यतिकै बहुमत आयो त्यसकारण ल्याएको होइन । बहुमत यसअघि पनि आएका थिए तर अग्रगामी सोच र प्रयास भएन भने बहुमतले काम गर्दैन ।’

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्दको स्पष्टीकरण दिदै भने, ‘भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’

मेरो सरकार भन्नु बेलायती महारानीको शैली भनिएकोमा प्रधानमन्त्री ओलीले भने, ‘अलिकति त्यो शब्दावली उपयुक्त भएन कि बेलायत हाम्रो मित्रराष्ट हो र नकारात्मक टिप्पणी गर्नु बान्छनिय हुँदैन ।’

प्रधानमन्त्री ओलीले केहीले संविधान संशोधनलाई जुनसुकै मौसममा पनि गाउने गीतजस्तो बनाएको भन्दै उनले भने, ‘संविधान संशोधन गर्न नसकिने विषय होइन । तर यो कुनै लहडको विषय पनि होइन । राम्रा उदेश्यका लागि जहिल्यै पनि संशोधन हुन्छ, गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार र स्थानीय सरकार केन्द्र सरकार मातहत रहेको बताएका छन् । प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार नरहेको भन्दै उनले केन्द्र सरकार मातहत नै रहेको कुरा कुनै अनौठो नभएको बताए ।

उनले भने, ‘अहिले ७६१ सरकार छन्, कुन सरकारले के गर्ने, सबै स्वतन्त्र सरकार होइनन् । कसैले भन्दै हुनुहुन्थ्ग्यो प्रदेश सरकार केन्द्र सरकार मातहत नै हो भन्ने जसरी व्यवहार भएको छ ।’  ‘केन्द्रको मातहत नै हो । संघीय सरकार, संघीय कानूनको मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुन्छन् ।

यो पनि कुनै अनौठो कुरा हो र रु’प्रदेश सरकार स्वतन्त्र सरकार होइन भन्नेमा अलमल नराख्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘स्वतन्त्र सरकार त होइनन् नि, ती संघीय सरकारकै मातहत हुन् । यस्तो कुरामा अलमल राख्नुहुन्न ।’