राजनीति

मन्त्री बास्कोटाद्वारा गोरखापत्रलाई पढौं–पढौं लाग्ने बनाउन कर्मचारीलाई आग्रह



काठमाडौँ, २४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले गोरखापत्र संस्थानकोमा सुधारको आवश्यकता रहेको बताएका छन ।

मंगलबार गोरखापत्र संस्थानको १ सय १९ औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले गोरखापत्रलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन ।

 मन्त्री बास्कोटाले प्रतिस्पर्धात्मक युगमा प्रवेश गरिसक्दापनि गोरखापत्र संस्थान पुरानै ढर्रामा अगाडि बढेको बताउदै पेन्सन खाने तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गर्ने योजना बनाउनुपर्ने बताए ।

 गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प समेत खोजिनुुपर्ने बताउदै उनले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था समेत आउनेतर्फ पनि सचेत हुन समेत आग्रह गरेका छन ।