राजनीति

नेपाल–चीनबीचको मित्रता खुल्ला, स्वतन्त्र र अटल छ : प्रधानमन्त्री ओली



काठमाडौँ, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध विशेष रहेको बताउँदै नेपाल–चीन मित्रता खुल्ला, स्वतन्त्र र अटल रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा काठमाडौँमा सुरु भएको ‘विचारधारात्मक छलफल कार्यक्रम’ मा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन समस्या सदियौं देखी रहित सम्बन्ध रहेको बताउनुभयो । नेपाल–चीन सम्बन्धले यहाँको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो मित्रता शर्तहरूभन्दा माथि छ, र सम्बन्ध समस्यारहित छ ।’

उहाले नेपाल–चीन बीच ‘समस्यारहित सम्बन्ध’ भएको बताउँदै प्रधानमन्त्री ओलीले चीनले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिले विश्व समुदायलाई पाठ सिकाएको बताउनु भयो । उहाँले छलफल कार्यक्रमले एक–अर्काले अपनाएको प्रणाली, अभ्यास, विचार र सिद्धान्तबारे बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति शी चिनफिङको विचारधारा विश्वव्यापी बहसको विषय बनेको बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘शी–विचारधारा विश्वव्यापी बहसको विषय बनेको छ । चीनको सरकारले जनताको सेवा गरेर शासनमा बस्ने वैधता पाएको छ । शासनमा बस्नेहरू विस्तारै जनताको सेवा गर्नुभन्दा सुख सुविधामा लागेमा कम्युनिष्टहरूको शासन गर्ने वैधता समाप्त हुन्छ ।’