काठमाडौँ, २९ असोज । चीनका राष्ट्रपति सी जिनपीङलाई नेपालमा स्वागत गर्न सहयोग भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीलाई धन्यवाद दिनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा नेपाली जनतालाई धन्यवाद भन्दै राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, ‘चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई न्यानो स्वागत गर्दै ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनी, सुरक्षा अङ्ग, आमसंचार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद !’
प्रतिक्रिया दिनुहोस्