राजनीति

उपनिर्वाचनको तयारीमा लाग्न पार्टी पंक्तिलाई निर्देशन



काठमाडौँ, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले उपनिर्वाचन हुने क्षेत्रको उमेदवारका लागि कात्तिक १० गतेसम्म उमेदवारको नामावली केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

त्यसैगरी बैठकले नेताहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागमा सदस्य मनोनित गर्ने निर्णय पनि गरेको बताइएको छ ।