समाचार

बसले किच्दा एक बालकको मृत्यु



काठमाडौँ, २९ असोज । नुवाकोटमा बसले किच्दा एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो नुवाकोटको बट्टार बजारमा बा ४ ख ७५०४ नम्बरको बसले किच्दा तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङ मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटेका छन् भने बस तोडफोड भएको छ ।

घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।