काठमाडौँ, ३० असोज । रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ ।
हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६ः१५ मा भएको थियो बम विस्फोट । १२ वर्षपछि बुधबार अपरान्ह फरहदवा गाउँ पुग्दा सन्नाटा थियो ।
इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थिए। १५ जनाको दरबन्दी भएको कार्यालयमा ९० जनाको फौजले भरिँदा प्रहरी कार्यालय अस्तव्यस्त थियो । खासमा मोहमद अफ्ताव आलमको आतंक भएको सो क्षेत्रमा प्रहरी पनि सानो समूहमा हिँड्न डराउँछन् ।
अझ उनलाई गिरफ्तार गरेपछि सो क्षेत्रमा अशान्ति मच्चिने र प्रहरी कार्यालयमा समेत आक्रमण हन सक्ने आशंकाले प्रशासनले प्रहरीको फौज बढाएको छ । प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी मगाइएका छन् ।
अझ आलमलाई पक्राउ गर्दा त राज्यले ठूलै जोखिम लिए जस्तो अवस्था थियो। किनकि उनलाई पक्राउ गर्ने नेपाल प्रहरीको टोलीलाई साथ दिन शसस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि स्ट्याण्डबाई थियो । ठाउँ अभावमा इलाका प्रहरी कार्यालय परिसरमा पाल टाँगेर प्रहरी सुन्ने गरेका छन् ।
आलम आतंको कारण सानो भ्यानमा होइन, ट्रक भरेर मात्र प्रहरीले गस्ती गर्ने गरेको छ । यो खबर नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्