काठमाडौँ, ३० असोज । दिगो विकास र शान्तिका लागि सहभागितामा संविधान तथा कानुनी रुपमा सफलता हासिल गरेकोमा नेपालले ‘फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९’ प्राप्त गरेको छ।
युवा सहभागिता र अधिकार बारेमा नेपालको संविधानले अंगिकार गरेको व्यवस्थालाई पहिचान गर्दै नेपाललाई सो अवार्ड प्रदान गरिएको हो।
सर्बियाको राजधानी बेलग्रेड अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनका अवसरमा आयोजित विशेष कार्यक्रमका बीच राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई नेपालले प्राप्त गरेको अवार्ड प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्