ललितपुर, ३० असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले हरेक क्षेत्रमा समान सहभागिताका लागि अन्तिम संघर्षको खाँचो रहेको बताएकी छन ।
आज बेइजिङ समीक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालले ललितपुरमा बिहीबारदेखि सुरु गरेको दुइदिने राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले हरेक क्षेत्रमा पुरुष जत्तिकै महिलाको सहभागिता बढाउन अझै संघर्षको खाँचो रहेको बताएकी हुन ।
संविधानको मौलिक हकमा महिलालाई अंश र वंशको समान हक प्रदान गरेको बताउदै उनले अब सहभागिताको सन्दर्भमा पनि समान व्यवस्था कायम गर्नुपर्ने आवश्यकता रहेको बताइन । मन्त्री थापाले विक्रम संवत २०६२/०६३ को परिवर्तनपछि महिला अधिकारको सवालमा उपलब्धीहरु हात पर्दै गएको भन्दै अब हरेक क्षेत्रमा समान सहभागिताका लागि अन्तिम संघर्षको खाँचो रहेको बताएकी छन ।
दुई दिनसम्म चल्ने कार्यशालामा महिला र वातावरण, महिला शिक्षा र तालिम, महिला र गरिबी, महिला र संस्थागत संयन्त्रलगायतमा विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्