राजनीति

विप्लव समूहका २ जना जिल्ला नेता पक्राउ



नवलपरासी, १ कार्तिक । सरकारद्वार प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई जना नेतालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले पक्राउ गरेको छ ।

बिहीबार राति पक्राउ पर्नेमा नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।