सिन्धुपाल्चोक, १ कार्तिक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–५, गुन्सामा एक जना युवकको विभत्स हत्या भएको छ ।
बिहिबार राति हत्या हुनेमा स्थानीय विजय गोले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्