काठमाडौँ, १ कार्तिक । फ्लोरिकल्चभर एसोसिएसन अफ नेपाल (फ्यान) ले यो वर्षको तिहारमा सयपत्री, मखमली र गोदावारी गरेर २५ लाख मालाको माग रहेको बताएको छ ।
फ्यानका अनुसार यो वर्ष तिहारमा सबै (मखमली, सयपत्री, गोदावारी) करिब २५ लाख मालाको माग भएको र यसमध्ये १८ लाख माला सयपत्री फूलको हुने र बाँकी गोदावरी र मखमली फूलको माला हुने भएको छ ।
यो वर्ष २ लाख ५० हजार माला बाह्य मुलुकबाट आयात गरिने बताइएको छ । यो वर्ष तिहारमा १३ करोड भन्दा बढीको कारोबार हुने व्यवसायीहरुको अपेक्षा छ ।
नेपालमा करिब ४३ जिल्लामा पुष्प खेती हुने गरेको तथ्यांक छ । नेपालमा दैनिक २० हजार मालाको माग छ । तिहारको समयमा सबैभन्दा बढी फूलका माला खपत हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्