समाचार

आगामी तीन दिनको मौसम पूर्वानुमान



काठमाडौँ, ३ कार्तिक । पश्चिमी वायुको प्रभावले प्रभावले आइतबार देशका पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आ‌ंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी, मंगलबार पनि देशभर आंशिक बदली भइरहने महाशाखाले जनाएको छ ।