भोजपुर, ३ कार्तिक । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।
शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रहार नगरपालिका वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्