काठमाडौँ, ३ कार्तिक । निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान गर्ने भएको छ ।
नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरर्राष्ट्रिय हिमालय एयरलाइन्सको एयरबस ए–३२० जहाजले विश्वकै बेइजिङस्थित आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने सम्पूर्ण तयारी गरेको कम्पनीले जनाएको छ । ‘बेइजिङ उडानका लागि हामीले सबैखाले तयारी गरेका छौँ, एकरदुई दिनभित्रै उडानबारे सार्वजनिक गर्नेछौँ’, हिमालय एयरलाइन्सका एक उच्च अधिकारीले बताए ।
हिमालयले बेइजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्दर्भमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्