काठमाडौँ, ४ कार्तिक । संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई अदालतले पुनः पाँच दिन हिरासातमा नै राखी अनुसन्धान गर्न आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको छ ।
यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।
प्रतिक्रिया दिनुहोस्