काठमाडौँ, ५ कार्तिक । एन आई सी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रा. लि.बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तीमा बैंकका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एन सी एच एल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्नसकिने उल्लेख गरिएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सस्तो टिकेटस् प्रा. लि.को तर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्