काठमाडौँ, ५ कार्तिक । नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौँमा सुरु भएको छ ।
काठमाडौँको होटल याक एण्ड यतीमा मंगलबार बिहानबाट दुई देशीय व्यापारसम्बन्धी बैठक सुरु भएको हो । बैठक बुधबारसम्म चल्ने छ ।
बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी रहेको छ भने बंगलादेशको तर्फबाट बंगलादेशको वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वको सात सदस्यीय टोली सहभागी रहेको छ ।
दुई दिने बैठकमा नेपालले बंगलादेशसँग सात एजेण्डाका १४ बुँदामा छलफल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्