काठमाडौँ, ५ कार्तिक । नेपाल एयरलाइन्सको जापान उडानमा यात्रु बढेका छन् ।
दशैं, गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन र मुख्य पर्यटकीय मौसमका कारण नेपाल एयरलाइन्सको जापान उडानमा यात्रु बढेको निगमले जनाएको छ ।
निगमले दशैंयता प्रतिउडान औसत २ सय यात्रुलाई सेवा दिइरहेको छ । सुरुआती दिनमा न्यून यात्रुबाट सेवा सुरु गरेको भए पनि चाडबाड र पर्यटकीय मौसमले जापानको उडानमा सकारात्मक संकेत मिलेको हो ।
निगमले आगामी जनवरीबाट जापानको राजधानी नारितामा उडान गरिसक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्