राजनीति

जनप्रतिनिधि नै ठेकेदारः मनपरी दोहनले बस्ती जोखिममा



काठमाडौँ, ६ कार्तिक । ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन् । उनी बालुवा, ढुंगा र गिटी उत्खनन् र बिक्रीमा व्यस्त हुन्छन् ।

ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन् । उनले ती कम्पनीमार्फत बालुवा, ढुंगा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन् ।

गाउँपालिकाभित्रकै खानी खोला, ठोस्ने खोला र कान्ति लोकपथ सडकको भित्तो उनको कम्पनीका बालुवा र ढुंगा उत्खनन्का स्रोत हुन् ।

सातदोबाटोस्थित प्राणदेवी इन्टरप्राइजेजका सञ्चालक राजकुमार भण्डारी भन्छन्, ‘वडाध्यक्ष विष्णु तिमिल्सिना, गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनलगायतले बालुवा, गिटी र ढुंगा उत्खनन् गरी सप्लाई गर्नुहुन्छ । हामी उहाँबाटै किन्छौं ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।