समाचार

लडेर एक वृद्धको मृत्यु



पर्सा, ६ कार्तिक । पर्सामा लडेर एक वृद्धको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका १३ मा रहेको अदालत गेट अगाडि अचानक लड्दा बेलवाका अन्दाजी ६५ वर्षीय वृद्ध हनिप मियाको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले घट्नास्थलमा पुगेर शवको मुचुल्का लगायतका प्रारम्भीक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाउने काम भएको प्रहरीले जनाएको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।