विश्व

ठूलो खडेरीका कारण ५५ हात्तीको मृत्यु



एजेन्सी, ६ कार्तिक । जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ ।

खडेरीको कारण पछिल्लो दुई महिनामा राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको र ङ्वे राष्ट्रिय निकुन्जका सिंहजस्ता अन्य जीव पनि खडेरीबाट प्रभावित भएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन निकायका प्रवक्ता तिनाशे फराओका अनुसार दक्षिणी अफ्रिकी क्षेत्रमा रहेको जिम्बावे हाल सबैभन्दा खराबमध्ये सुख्खाबाट गुज्रिरहेको छ । पानीको खोजीमा गाँउ पसेका जंगली जीवले जंगल छेउका बस्तीहरुमा मानिस मार्नेदेखि खेती नष्ट गर्ने घटना बढेको छ । यही वर्षमात्र २० जना मारिएका छन् ।

निकुञ्जले १५ हजार हात्तिलाई सम्हाल्न सक्ने भए पनि हाल त्यहाँ ५३ हजार हात्ति छन् । जनावरको लागि वन्यजन्तु एजेन्सीले ४०० मिटर गहिराईसम्मको इनार खनिरहेको छ ।