राजनीति

कास्की–२ उपनिर्वाचनमा साझा पार्टीको उम्मेदवार रजनी केसी



काठमाडौँ, ६ कार्तिक । कास्की–२ को उप निर्वाचनमा साझा पार्टीले रजनी केसीलाई उठाउने औपचारिक निर्णय गरेको छ ।

५ र ६ गते पोखरामा बसेको केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार बनाउने तय गरेको प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिकी पार्टी केन्द्रीय सदस्य केसीलाई उमेदवार बनाएर उप निर्वाचनमा जाने विज्ञप्तिमार्फत जनाइएको छ । केसी समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागिपरेकी अभियानता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 विज्ञप्तिममा भनिएको छ, ‘सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घसंस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै केसीले लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन् ।’