Banner News

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान



काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली अजरबैजान प्रस्थान गर्नुभएको छ ।

असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन उहाँ बिहीबार अजरबैजानको बाकु प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीसहित प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत पनि बाकु प्रस्थान गर्नुभएको हो ।

समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चितताका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको दौरानमा उहाँले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।