काठमाडौँ, ३ मंसिर । असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय पुरुष दिवस हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइन्छ ।
यो दिवस ८० बढी देशमा मनाइन्छ । यसलाई युनेस्कोले पनि समर्थन गरेको छ । पुरुषहरुको खराब मानसिक स्वास्थ्य र उनीहरुले किन आत्महत्याको बाटो रोज्छन् भन्ने कुरामा आजको दिन विशेष छलफल गरिन्छ । अन्तर्राष्ट्रिय पुरुष दिवस विशेषगरी पुरुषको स्वास्थ्य र लैङ्गिक समानतालाई प्रोत्साहन दिने मनाइने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्