काठमाडौँ, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको बताएको छ ।
वर्तमान सरकारको मन्त्रिमण्डल परिवर्तनबारे विभिन्न भ्रामक समाचारहरु आइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित–प्रकाशित अनर्गल र भ्रामक समाचारको घोर भत्र्सना गरेको हो ।
प्रचण्डको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ ।’
यसअघि, अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हटाउन चाहेको र खानेमन्त्री विना मगरलाई यथावत राख्न चाहेको तर त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको समाचार बाहिर आएको थियो ।
प्रतिक्रिया दिनुहोस्