राजनीति

भक्तपुरमा बामदेबको घोषणाः अबको पहिलो नंम्बरमा महेश बस्नेत मन्त्री बन्ने पक्का



भक्तपुर, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री बामदेब गौतमले अबको मन्त्री मण्डल परिर्वतन हुँदा पहिलो नंम्बरमा मन्त्री बन्नेमा युवा नेता महेश बस्नेत भएको उद्घोष गर्नुभयो ।

मंसिर १४ गते हुन गइरहेको भक्तपुर क्षेत्र नं। १ कको चुनावी प्रचार प्रसार कार्यक्रममा बोल्दै नेता गौतमले उक्त कुराको जानकारी दिनुभएको हो । उहाँले प्रधानमन्त्री केपी ओलीसँग समेत उक्त विषयमा छलफल भइसकेकाले आगामी समयमा हुने मन्त्री मण्डलमा सांसद बस्नेत मन्त्री हुनेमा सवैलाई ढुक्क हुन आग्रह गर्नुभएको हो ।

नेकपा कुनै राजनीतिक दल मात्र नभई विकासको पर्यायवाची भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नेकपाको अर्को नाम विकास हो, सूर्य उदाउने मात्र हैन, सधैंभरी सूर्य उदाउँछ ।’
भक्तपुर मुलुकको पर्यटनको क्षेत्रको रुपमा रहेको उल्लेख गर्दै उहाँले जनताको विकास प्रतिको चाहना पुरा गर्न जस्तोसुकै चुनौति भोग्न तयार रहेको नेकपा तयार रहेको समेत उद्घोष गर्नुभयो ।

संसारभरका पर्यटक आएर बस्न गरीको विकास गर्नुपर्नेमा जोड दिँदै नेता गौतमले भक्तपुर संसारको सर्वश्रेष्ठ ठाउँको रुपमा परिचित गराउन सरकार तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

विकासको लागि बजेटको अपुग कहिले पनि नहुने उल्लेख गर्दै नेता गौतमले भक्तपुर क्षेत्र नं। १ कका नेकपाको उम्मेदवार डिपी ढकालले बनाएको जस्तोसुकै योजना पारित हुनेमा सवै भक्तपुरवासी आम नागरिकलाई ढुक्क हुन आग्रह गर्दै उपनिर्वाचनमा देशैभर नेकपा विजयउन्मुख रहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा नेकपा भक्तपुरका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज सोम मिश्र, जिल्ला अध्यक्ष बचन देउजालगायले सांसद बस्नेतको नाम छनौट भई अन्तिम अवस्थामा हट्नु देशको विकास र समृद्धि तथा नेकपाको लागि ठूलो घाटा भएको उल्लेख गर्नुभयो ।