राजनीति

सरकारको निर्देशन समयमै पालना गर्न मेडिकल कलेजलाई अनेरास्ववियुको आग्रह



काठमाडौँ, ८ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मेडिकल कलेजहरुलाई सरकारले दोस्रो पटक दिएको निर्धारित समयभित्र शुल्क समायोजन गरी कार्यान्वयन गर्न आग्रह गरेको छ ।

आज अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले दिएको १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन समेत सरकारलाई आग्रह गरिएको हो ।

जारी विज्ञप्ति