राजनीति

व्यवहारिक रूपमै लैङ्गिक हिंसा रोक्ने काममा लाग्छु : मन्त्री गुरुङ



काठमाडौँ, ११ मंसिर । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अभियान सञ्चालनमा मात्रै नभइ व्यवहारिक रूपमै लैङ्गिक हिंसा रोक्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

सीआइएनले सुरु गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने सञ्चार अभियानको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘अहिले अभियान मात्र सञ्चालन भइरहेको छ । अभियान सञ्चालनमा मात्रै नभइ व्यवहारिक रूपमा नै लैङ्गिक हिंसा रोकथाम गर्ने काममा लाग्नेछु ।’

उनले महिला हिंसा विरुद्धका अभियन्तालाई प्रचारप्रसारका लागि मात्रै अभियन्ता नबनी महिला हिंसा कम गर्नेतिर अग्रसर हुन आग्रह समेत गरेका छन् ।