काठमाडौँ, १३ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् ।
विदेश भ्रमण छोट्याएर आज बिहान करिब १० बजे स्वदेश फर्किएका हुन । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उनी रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका उनको थियो ।
रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी मन्त्री ज्ञवालीले दिए ।
प्रतिक्रिया दिनुहोस्