राजनीति

वडाध्यक्ष शेर्पाको निधन



संखुवासभा, १३ मंसिर । चैनपुर नगरपालिका–२ का वडाध्यक्ष काजी शेर्पाको गएराति ५१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजेतिर उहाकै निवास मयुममा निधन भएको हो । क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघिदेखि उपचार गराइरहेका थिए ।

२०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष बनेका थिए । मृतक शेर्पाको मयुममानै  आज दिउँसो अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।