राजनीति

भक्तपुरमा कांग्रेसका उम्मेदवार भँडेल विजयी



भक्तपुर, १५ मंसिर । शनिवार सम्पन्न भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं. १ (क)को प्रदेश सभाको उपनिर्वचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी हुनुभएको छ ।

प्राप्त मत परिणाम अनुसार भँडेलले १३ हजार ४ सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यस्तै उहाँका निकटतम प्रतिस्पर्धी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार देवी प्रसाद ढकालले ११ हजार १ सय ९७ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार निरज लवजुले ५ हजार ८ सय २९ मत प्राप्त गर्नुभएको छ ।

भक्तपुर क्षेत्रनम्बर २ कमा भडेल निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । उक्त स्थानमा तत्कालीन नेकपा एमालेका तर्फबाट हरिशरण लामिछाने विजयी हुनुभएको थियो ।