समाचार

आज २८ औं अन्तर्राष्ट्रिय अपा‌ंगता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौँ, १६ मंसिर । आज २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि ‘दिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्य’ भन्ने मूल नाराका साथ यसवर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ ।

सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम हुँदैछ भने गैरसरकारी संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम गर्दैछन् । २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनानुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् ।