काठमाडौँ, १८ मंसिर । पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै देशका राजदूतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।
उनले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गरे । सरकारले आगामी जनवरी १ मा राजधानी सहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्