अर्थ

सानिमा बैंक लिमिटेडको १५औं वार्षिकोत्सवमा बिशेष छुट



काठमाडौँ, २१ मंसिर । सानिमा बैंक लिमिटेडले आफनो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘अफर सानिमा बैंकको, ‘रोजाई तपाईको’ नामक योजना ल्याएको छ ।

२०७६ मंसिर २० देखि २२ गतेसम्म तीन दिनको लागि लागू हुनेगरी बैंकको डिजिटल सेवाहरू जस्तै डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरू तथा सामान खरिदमा छुट प्रदान गर्नेछ । विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको हाल ७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ ए.टि.एम. रहेको छ ।