काठमाडौँ, २३ मंसिर । कर्णालीका छोरीहरुको बैँक खाता कर्णाली प्रदेश सरकारले खोलि दिने भएको छ ।
योजना प्रदेश सरकारको अनुसार साउन १ गतेयता कर्णालीमा जन्मिएका सबै छोरीको बैँक खाता खोलिदिने योजना अगाडि बढाएको जनाइएको छ ।
प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा ‘बैँक खाता छोरीकोः सुरक्षा जीवन भरीको’ कार्यक्रम समावेश गरेको थियो । यसका लागि प्रदेश सरकारले सात करोड बजेट छुट्टाएको थियो ।
नीति तथा कार्यक्रममा नै तय गरिएको कार्यक्रमलाई लागु गर्नका लागि मुुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कार्यविधि तयार पारेको छ । प्रदेशका छोरीहरुको सामाजिक सुरक्षाका लागि प्रदेश सरकारले छोरीहरुको बैँक खाता कार्यक्रम ल्याएको सरकारले जनाएको छ ।
कार्यविधि अनुसार २०७६ साउन १ गतेयता जन्मिएका कर्णालीका छोरीहरुको अब आफ्नै बैँक खाता हुने छ । सरकारले छोरी २० बर्ष नपुुग्ने बेलासम्म पहिलो महिना एक हजार र मासिक पाँचसय रुपैँया छाेरीहरुकाे बैँक खातामा जम्मा गरिदिने छ ।
प्रतिक्रिया दिनुहोस्