काठमाडौँ, २५ मंसिर । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ ।
सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदिको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर ऋणका लागि एडीबीसँग सम्झौतामा गरेको हो ।
मंगलबार एक कार्यक्रम गरी सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबिका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा एडीबीका देशीय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदिमा बाढी व्यवस्थापन तथा नदिको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५/५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताए ।
कार्यक्रममा अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्