काठमाडौँ, २८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलाडीको मनोबल उकास्ने काम गरेको भन्दै सरकारको प्रशंसा गर्नुभएको छ ।
१३ औं सागमा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई शनिबार आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यद्यपि १३ औं सागमा पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कारका साथै शहर परिक्रमा गराएर सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्नेबताउँदै उहाँले खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्न सकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने भन्दै त्यसतर्फ सोच्न सरकारलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्