काठमाडौँ, २९ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुनर्निर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको बताएका छन् ।
२५ औं महानगर दिवसका अवसरमा बोल्दै मेयर शाक्यले पुरातत्त्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताएका हुन् ।
निर्वाचनका समयमा जाहेर गरेका आफ्ना प्रतिबद्धता सबै नभए पनि धेरै काम भएको बताउदै उनले भने, ‘केही काम बाँकी छन् । त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन् । अन्य पार्टीले घोषणा गरेका राम्रा कुरा आफ्नै बनाएर लागु गरिरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्