विश्व

खाशोज्जी हत्यामा पाँच जनालाई मृत्युदण्डको सजाय



एजेन्सी, ८ पौष । साउदी अरबको एक अदालतले पत्रकार जमाल खाशोज्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मुत्युदण्डको सजाय सुनाएको छ ।

साउदी सरकारका आलोचक पत्रकार खाशोज्जीको २ अक्टोबर २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा हत्या भएको थियो । सुरुमा साउदी अरबले खाशोज्जीको हत्या भएको नै स्वीकार गरेको थिएन ।

सेप्टेम्बरमा सलमानले सार्वजनिक रुपमा खोशोज्जीको हत्या गरेको जिम्मेवारी लिए । यसअघि अमेरिकी खुफिया एजेन्सी सीआईए र पश्चिमा देशका सरकारले साउदीका क्राउन प्रिन्सले खाशोज्जीको हत्याको आदेश दिएको दाबी गरेका थिए ।

सरकारी अभियोजकका अनुसार क्राउन प्रिन्सका सल्लाहकार सउद अल खतानीसँग सोधपुछ गरिएको थियो, तर उनीमाथि कुनै आरोप लगाइएको छैन । यो घटनामा टर्कीले १८ संदिग्धलाई बुझाउन माग गरेको थियो, जसमा १५ एजेन्ट थिए र उनीहरु हत्याको योजना सफल बनाउन इस्तानबुल पुगेको टर्कीको दाबी थियो । तर साउदीले टर्कीको माग अस्वीकार गर्‍यो । तर गत जनवरीमा खाशोज्जीको हत्याको मुद्दामा ११ अभियुक्तबारे रियादमा सुनुवाई सुरु भएको थियो ।