एजेन्सी, १० पौष । अमेरिकाले धार्मिक स्वतन्त्रताको मामिलामा पाकिस्तानलाई फेरि कालो सूचीमा राखेको छ ।
जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्छ । यसलाई पाकिस्तानले भने खारेज गरेको छ ।
अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका देशहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्दछ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले १८ डिसेम्बर २०१९ मा सार्वजनिक गरेको सूचीमा चीन, पाकिस्तान, उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिटि्रया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई दोस्रो पटक पनि परेका छन् । यी देशहरुलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता कानूनअनुसार कालो सूचीमा राखिएको हो ।
प्रतिक्रिया दिनुहोस्