काठमाडौँ, १४ पौष । तेज बहादुर ढकाल । संरक्षण र बिकास एकअर्काका प्रतिस्थापक नभै परिपूरक हुन् । हामीले बिकास निर्माण गर्दा सकेसम्म हरियाली जोगाऊने हो । विकसित देशहरुको पहिलो प्रथामिकता वातबरण होला तर हाम्रो पहिलो अबश्यकता विकास नै हो । हामीले पनि वातावारण बिनाशलाई सकेसम्म न्युनीकरण गर्ने हो । तर बताबरण संरक्षणका नाममा अबिकसित बस्ने भने होइन ।
चिनको सान्या शहर नजिकैको पहाडमा वातबरण संरक्षण र पर्यटन विकासकोको अनुकरणीय नमूना देख्न पाईयो । यहा बिरुवा नफाडि विकाश गरेको पाईन्छ । रुखमाथि सिसाको पुल बनायिएको छ । पैदल मार्गमा पनि रुख जोगाएको देखिन्छ । सुकेको मुडालाई राम्रो संग सजाईएको छ । यहा रुखको माया मात्र होइन सम्मान पनि देख्न पाईन्छ ।
यो ठाऊमा घुम्न मात्र प्रति ब्यक्ति 295 युयानको टिकट लिनु पर्दछ । हाम्रोमा जस्तो संरक्षण खर्च मात्र होइन लगानीमा परिणत भएको छ । यहाको संरक्षण बजेट खर्च होइन बिकास र सम्बृद्धिको आधार भएको पाईन्छ । हामीले नी यो नमूनालाई अनुकरण गर्नु उपयुक्त देखिन्छ । तर विमानस्थल बनाउने सन्दर्भमा भने यो नमूनाले काम गर्दैन ।
प्रतिक्रिया दिनुहोस्