राजनीति

मन्त्री नेम्वाङसहितको टोलीद्वारा भक्तपुरका दुई सडकको अनुगमन



भक्तपुर, १४ पौष । रमेश गिरी । भौतक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतसहितको टोलीले भक्तपुरका दुई वटा सडकको अनुगमन गरेको छ ।

विगत ६ वर्ष अघिदेखी अलपत्र परेको कमलविनायकदेखी नगरकोट जाने सडक तथा पेप्सीकोलादेखी ख्स्याङखुर्सुङ खोलासम्मको सडकको आज स्थलगत अनुगमन गरेको हो । रु ३० करोडको लागतमा निर्माणाधिन रहेको कमलविनायक–नगरकोट सडक सैलुङ कम्पनीले ६ वर्ष अघि निर्माणको जिम्मा लिई हालसम्म पनि सम्पन्न गर्न सकेको छैन । त्यस्तै काठमाडौँ उपत्यका सहरी विकास आयोजनाद्वारा रु ७१ करोडको लागतमा निर्माणको क्रममा रहेको पेप्सीकोलादेखी खर्स्याङखुर्र्सुङ खोलासम्मको सडक समेत अनुगमन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र सडक निर्माणमा संसारको ध्यान समेत यस पर्यटकीय सडक निर्माणमा रहेको बताउँदै मन्त्री नेम्वाङले निमार्ण कार्यलाई तिव्रता दिई आगामी चार महिना भित्र सडक निर्माण पूर्ण रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले अग्रेजी नयाँवर्षको पहिलो चौमासिक भित्र नगरकोट सडकको सम्पूर्ण काम सक्न निर्देशन दिदै भ्रमण वर्ष सुरु भईसकेको अबस्थामा यो सडकलाई धूलो मुक्त बनाउने समेत निर्देशन दिनुभयो ।

स्थानीयको कुनै अबरोध नभई पूर्ण रुपमा सहयोग हुदाहुदै पनि व्यवसायीले काम रोक्नु बिडम्बना भएको बताउदै उहाँले कुनै समस्या भए नीतिगत रुपमा समाधान गर्न सकिने भनाई राख्नुभयो ।

सरकार सडकदेखि बिभिन्न नविनतम पूर्वाधारहरु निर्माणमा अगाडि बढेको बताउदै उहाँले प्रधानमन्त्रीको अभियानलाई अबरोध पुग्ने गरि कार्यान्वयनमा ढिलाई भए अब व्यवसायीलाई पनि कारबाही गरिने उहाँको भनाई थियो ।

मन्त्री नेम्वाङ्गले भन्नुभयो–“अब हिजोको जस्तो अबस्था छैन, नयाँ परिस्थितिमा नयाँ ढंगले गति लिनुपर्छ, विगतमा जस्तो ढिलाई गर्ने निर्माण व्यवसायीको चालचलन पनि अब परिवर्तन हुनुपर्छ ।”

सरकारले चाहेको प्रतिफल प्राप्त गर्न नसक्ने अबस्था अब हुन नहुने भन्दै कार्यान्वयनमा रहेका सबै निकायलाई जिम्मेवार बन्न उहाँको निर्देशन दिनुभयो । योजना कार्यान्वयनमा पनि जवाफदेहिता गर्न निर्देशन दिदै मन्त्री नेम्वाङ्गले आलटाल गरेर बसे कारबाही हुने भनाई राख्नुभयो । तराईदेखि पहाडसम्मको आवागमनमा भक्तपुर जोडिएको बताउदै उहाँले भक्तपुर समृद्ध भए सिंगो उपत्यका समृद्ध हने धारणा मन्त्री नेम्वाङ्ग छ ।

उहाँले भक्तपुर काठमाण्डौको ट्राफिक जाम व्यबस्थापन गर्न कोटेश्वरमा सुरुडमार्ग बनाउने, फ्लाई ओभर बनाउने, हनुमन्ते करिडोर बनाएर जाम हटाउन आवश्यक पहल भईरहेको बताउदै सरकार अहिले खाल्डाखुल्डी टाल्ने र साना आयोजना मात्रै नभई विकासका ठूला योजनाहरु सुरु गरेको बताउनुभयो । त्यसमा पनि भक्तपुरमा ठूला योजनाहरु संचालन गर्दै सूर्यविनायक धुलिखेल सडक निर्माण कार्य अगाडि बढाउने बताउनुभयो ।

उहाँले भक्तपुरमा अन्तर्राष्ट्रिय सभाहल निर्माण गरिने भएको, भक्तपुर कै बीर अस्पताल निर्माण गर्ने, अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने, भ्रमण वर्षमा लाखौ पर्यटक भित्रयाउन सरकारको योजना सफल पार्न पनि नगरकोट सडक निर्माण सम्पन्न छिटो आवशयक भएको भनाई राख्नुभयो ।

अब भक्तपुर समृद्ध हुन्छ : सांसद एवं पूर्वमन्त्री बस्नेत

नगरकोट सडक अनुगमनको क्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री बस्नेतले नगरकोट सडकको खरिपाटीसम्म बेस हालेर कालोपत्रको तयारी भएको बताउदै चालू आ.ब. भित्रै सबै काम सम्पन्न गर्न भौतिक पूर्वाधार मन्त्रालय र सडक बिभागले कडा रुपमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरको सूृर्यविनायक क्षेत्रमा यसवर्ष ३ वटा ठूला पुलहरुको निर्माण गर्ने बताउदै हनुमन्ते करिडोर छिटो सम्पन्न गर्न, बेलिब्रिज निर्माण, मनोहरा करिडोर निर्माण, बीर अस्पताल निर्माण, सानोठिमी सडक विस्तार गर्ने कार्यलाई पूर्णता दिनु आवश्यक रहेको भनाई राख्नुभयो ।

उहाँले पेप्सीकोला सानोठिमी हुदै कमलविनायक जाने सडक अरनिको राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको पेप्सीकोला सानोठिमी सडक महत्वपूर्ण रहेको बताउदै बाहाखा बजार क्षेत्रमा एकतर्फी सडक संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाहाखा बजार क्षेत्रमा आठ मिटरको मापदण्ड सडक आयोजनाले निर्माण गर्ने र नगरपालिकाले फुटपाथ निर्माण गरेर ११ मिटरको सडक संचालन गर्न सकिनेतर्फ ध्यान दिनु पर्ने औल्याउनुभयो । उहाँले एसओएसदेखि मनोहरासम्मको सडकको समस्या समाधान गरेर २० मिटरको बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले मनोहरा करिडोर ५५ करोड रुपैया बजेटमा काम सुरु हुन लागेको बताउदै भक्तपुरलाई समृद्ध बनाउन लागिपरेको बताउनुभयो ।

त्यसअवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरकोट सडक निर्माण सम्पन्न गर्न पटक पटक सरोकारवाला निकायदेखि नेकपा अध्यक्ष प्रचण्डसम्म पुग्दा पनि आयोजनाले ढिलाई गरेको बताउनुभयो । उहाँले तत्काल यो सडक निर्माण सम्पन्न गर्न मन्त्रालय र विभाग गम्भिर भएर दबाब दिईरहनु पर्ने औल्याउनुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बाहाखा बजार सडकलाई मुआब्जा दिएर फरािकलो पाुर्नपर्नेमा जोड दिनुभयो ।

अनुगमनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका प्रमुख केशव शर्मा, सडक विभागका उपनिर्देशक राजेन्द्र ढकाल र शुसिल शर्मा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, संचारकर्मी सहितको टोलीले सडकको अनुगमन गरेको थियो ।