काठमाडौँ, १५ पौष । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् ।
मन्त्री बार्लेटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् ।
काठमाडौँको त्रिपुुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गरिनेछ । उद्घाटन कार्यक्रममा सहभागी हुन २० हजार जनालाई औपचारिक निमन्त्रणा दिइएको छ ।
भ्रमण वर्षको उद्घाटन आगामी जनवरी १ अर्थात् पुस १६ गते काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले साढे ३ बजे उद्घाटन गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्