एजेन्सी, १६ पौष । साउदी अरबमा सामाजिक शिष्टता भंग गरेको आरोपमा २ सय बढीलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार सामाजिक सद्भावमा खलल पुर्याएको, उत्पीडन गरेको र अभद्र पहिरनमा देखिएका कारण १ सय २० पुरुष र केही महिलालाई एक हप्ताको बीचमा पक्राउ गरिएको हो ।
प्रहरीले अर्को छुट्टै वक्तव्य जारी गर्दै उत्पीडनको मामलामा अन्य ८८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । थुप्रै महिलाले यस वर्षको सुरुवातमा रियादमा आयोजित एमडीएल बिस्ट म्युजिक फेस्टिबलमा उत्पीडन भएको सोसल मिडियामामार्फत् जानकारी दिएको प्रहरीले जानकारी दिएको छ ।
अभद्र पहिरन लगाउनेलाई पनि नियम तोडेको भन्दै पक्राउ गरिएको रियाद पुलिसले मंगलबार श्रृङ्खलाबद्ध रुपमा ट्वीट गर्दै जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्