समाचार

जनप्रतिनिधिलाई व्यवस्थापनको जिम्मेवारी दिएकै कारण सामुदायिक विद्यालयमा सुधार आएको होः मेयर थापा



भक्तपुर,२४ पुस । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले शिक्षा विना कुनै पनि समाज अघि बढ्न नसक्ने भएकाले नगरपालिका शिक्षामा लगानी गर्न आनाकानी नगर्ने वताउनु भयो । मेयर थापाले सो कुरा सूर्यविनायक वडा नं ९को श्री भूवनेश्वरी माविले आज आयोजना गरेको दुई दिने विद्यालय सुधार आमयोजना कार्यशाला गोष्ठीको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।

थापाले विद्यालयको नयाँ भवन निर्माणका लागि पनि आफ्नो तर्फबाट पूर्ण सहयोग वताउँदै सार्वजनिक विद्यालयमा खस्किदै गएको शिक्षाको गुणस्तर जनप्रतिनिधिहरु आएपछि सूर्यविनायक नपामा सुधार भएको वताउँदै मेयर थापाले थपे– शिक्षा सुधार ल्याउने अभियान अन्र्तगत नै विद्यालय व्यवस्थापनको जिम्मेवारी नै जनप्रतिनिधिहरुलाई नै त्यसको अध्यक्ष बनाउने प्रावधान बनाएका हौ ।

यसको शूरुमा विरोध भयो तर हामीले त्यसको सामना गरेकै कारण आज हाम्रा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा वुद्धि हुँदै गएको छ । सो कार्यक्रमको सभापतित्व वडा अध्यक्ष एंव विद्यालय व्यवस्थापनका अध्यक्ष उपेन्द्र केसीले गर्नु भएको थियो ।

कार्यक्मको स्वागत मन्तव्य प्रधानअध्यापक कुष्ण प्रसाद छुस्याकीले गर्नु भएको थियो भने शुभकामना मनन्य श्रीराम व्यान्जु, हिरामान सुकुभटु लगायतले राख्नु भएको थियो ।