भक्तपुर, २६ पौष । रमेश गिरी । प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय प्रदेश नं. ३ को सहकार्यमा प्रदेश नं. ३ का सात जिल्लाका १२५ जनालाई जापानिज प्रबिधिबाट कम्पोष्ट मल उत्पादन गर्ने तालिम प्रदान गरिएको छ ।
मध्यप्ुरथिमि नगरपालिकाले वडा नं. ४ मा गतवर्षबाट संचालनमा ल्याएको घरघरको फोहोर संकलन गरि कम्पोष्ट मल बनाउने जापानिज प्रबिधिलाई ३ नं. प्रदेशको सबै जिल्लामा बिस्तार गर्ने उदेश्यले संचालित तालिम आज सम्पन्न भएको हो ।
मध्यपुरथिमि नगरपालिका र रिकिशी कम्पोष्ट मल प्रालिद्धारा आयोजित कार्यक्रममा मध्यपुर थिमि ४ मा रहेको कम्पोष्ट मल केन्द्रमा संचालित जापनिज प्रविधिबाट कम्पोष्ट मल बनाउने तालिमका सहभागिलाई प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले प्रमाण पत्र बितरण गर्नुभयो ।
तालिममा सहभागि चितवन, दोलखा, रामेछाप, बाजुरा, काठमाडौ, सिन्धुपाल्चोक र भक्तपुर जिल्लामा कम्पोष्ट मल बनाउने प्रबिधि विस्तार गर्न सरकारलाई अब सहज भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्